सेल्फी किङ बन्दै हास्य भूमिकामा विपिन


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौं

पछिल्लो समय नेपालमा हास्यप्रधान चलचित्रको बजार बढेको छ । निकै गंभिर अभिनय गर्दै आएका अभिनेता विपिन कार्की पनि यसैक्रममा अब हास्यप्रधान भूमिकामा प्रस्तुत हुने भएका छन् ।

छायाँकनको क्रममा रहेको नयाँ चलचित्र ‘सेल्फी किङ’ मा अभिनेता विपिन हास्य प्रधान भूमिकामा प्रस्तुत हुन लागेको हुन् । गत वर्ष विपिनका दुई ओटा फिल्म रिलिज भएको थिए । दुई फिल्म प्रसाद र गोपिमा विपिन गँभिर भूमिकामा थिए । बरु यो वर्ष रिलिज भएको उनको सफल फिल्म जात्रै जात्रामा यि अभिनेता हास्य प्रधान भूमिकामा थिए ।

नयाँ चलचित्र सेल्फी किङमा पनि आफु हास्य प्रधान भूमिकामा रहेको विपिनले बताएका छन् । चलचित्र सेल्फी किङमा विपिनको श्रीमतीको भूमिकामा लक्ष्मी बर्देवा छिन् । उनको आमाको भूमिकामा नेपालकी प्रथम अभिनेत्री भुवन चन्द रहेकी छिन् । यो फिल्मको आईतबार काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरियो ।

टेलिभिजन र स्टेजमा स्ट्यान्डप कमेडी गर्ने तथा टेली चलचित्रमा हास्य प्रधान भूमिका निर्वाह गर्ने हास्य कलाकारको भूमिकामा आफु यो चलचित्रमा रहेको विपिनले बताएका छन् । हुन त उनले बस्तविक जीवनमा यस्तो भूमिका निर्वाह गरेका छैनन् । त्यैपनि यो फिल्ममा उनले यस्तो भूमिका निभाउँदै छन् ।

भारतमा कपिलको कमेडी सो देखि नेपालमा जितु नेपाल अर्थात मुन्द्रेको कमेडी क्लब अहिले चर्चामा छ । पछिल्लो समय नेपालमा पनि स्ट्यान्डप कमेडी पनि युट्युवमा निकै फस्टाएको छ । यस्तै यस्तै हस्य कलाकारहरुको कथा चलचित्र सेल्फी किङले भन्ने छ ।

यो चलचित्रमा अभिनेत्री केकी अधिकारीपनि विशेष भूमिकामा छिन् । केकी पनि पछिल्लो समय हास्यप्रधान सिनेमामा प्रस्तुत हुन थालेकी छिन् । केकीको हास्यप्रधान भूमिका रहेको चलचित्र छ मायाँ छपक्कै यही दशैंको अन्त्यतिर रिलिज हुँदैछ भने उनी चलचित्र सेल्फी किङमा पनि हास्यप्रधान भूमिकामा नै हुनेछिन् ।

विपिनको गतवर्ष रिलिज भएको चलचित्र प्रसादका निर्देशक दिनेश राउत र प्रसादका निर्माता सुवास थापाले चलचित्र ‘सेल्फी किङ’लाई निर्माण गर्दैछन् । यो चलचित्रको निर्देेशकको रुपमा नव निर्देशक विकाश सापकोटाले निर्देशन गर्दैछन् ।