असोजबाट छैटमा पुग्यो लभ डायरिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ

नेपाली चलचित्र ‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति छनोट गरेको छ । असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको थियो । छठ पर्व लक्षित गर्दै निर्माण टिमले १५ कार्तिकलाई रिलिज तोकेको हो । सिनेमाले अब कार्तिक १६ मा छठपर्वको एक दिने विदा खानेछ ।

सौरभ चौधरी निर्देशित सिनेमाको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ । भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने उक्त गीतले दर्शकबाट राम्रो प्रसँसा पाएको निर्माण पक्षको दाबी छ ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको निर्माण पक्षको कथन छ । जसमा अभिनेता सुशिल श्रेष्ठसँग नवोदित अभिनेत्री रुविना थापा नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । रोमान्टिक गीत यी दुईको केमेस्ट्री सुहाएको छ । सिनेमामा विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।

विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह निर्माण छ । मधु बास्तोलाको कथा र पटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह निर्देशक गरेका छन् ।