ब्युटी न्युज नेपाल

काठमाडौं, १८ भदौ

गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा…’को भिडियो युट्युवबाट रिलिज भएको छ ।

यो गीतलाई दीपक लिम्बु र शशी रावलले गाएका हुन् । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत छ ।

भिडियोलाई  संचारकर्मी सूर्य चन्दले निर्देशन गरेका हुन् । भिडियोमा राम बाबु र अपेक्षा खड्काको अभिनय छ । यी दुई कलाकारलाई भिडियोमा प्रेमभावमा देख्न पाईन्छ ।

एलिसा कार्कीको कोरियोग्राफी रहेको भिडियोलाई अखिल बास्कोटाले छायाँकन गरेका हुन् । गीतका उपाध्यायले केही समय अघि ७ वटा गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेका थिए ।