नाटक पानीफोटोलाई फिल्ममा ढाल्दै अभिनेता खगेन्द्र


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ

चलचित्र पानीफोटोको काठमाडौंबाट छायाँकन सुरु भएको छ । यो चलचित्रबाट अभिनेता खगेन्द्र लामिछानेले डेब्यु निर्देशन गर्दैछन् ।

छायाँकन अघि चलचित्र ‘पानीफोटो’ को शुभु मुहुर्त गरिएको छ । राजधानीको बंगलामुखीमन्दिरमा फिल्म युनिटले पुजागर्दै फिल्मको छायाँकन प्रारम्भ गरेको हो ।

आफैंले लेखेको नाटक पानीफोटोलाई खगेन्द्रले चलचित्रको रुपमा ढाल्न लागेका हुन् । उनले फिल्ममा करिब डेढ दशक अगाडी बेपत्ताभएको छोराको पर्खाइमा बसेको बुबा आमाको कथालाई देखाउनेछन् । यो फिल्मदशक अगाडि गुरुकुलमामञ्चनभएको चर्चित नाटक ‘पानीफोटो’ को कथामानिर्माण हुनलागेको हो । यो चलचित्रको एक दिनको छायाँकन काठमाडौंमा सम्पन्न गरेर टोली स्याङ्गजा पुगेको छ ।

फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्कालगायतकाकलाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धनपतिफिल्मनिर्माण गरेको टुकी आर्ट्सले यस फिल्मनिर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ ।

यो चलचित्रको मुहुर्तको क्रममा निर्देशक लामिछानेले भने,‘यो मेरो सपनानै थियो कियसलाई फिल्मबनाउने किनकी म यो कथालाई धेरै दर्शक माँझपुर्याउन चाहन्छु । मैले नाटक मन्चनकै समयमायसलाई फिल्मबनाउने निर्णय लिएको थिए ।’

टुकी आर्टस् र मञ्जुश्री फिल्मप्रोडक्सनको ब्यानरमाबन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमानिर्माण गर्नेछन् । फिल्मलाई सन् २०२० मा रिलिजगर्ने लक्ष्यनिर्माण टिमको छ । फिल्मलाई दीपकबज्राचार्यले छायाँकन र निमेष श्रेष्ठले सम्पादन गर्नेछन् । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् ।