लभ यु हमेशाको शिर्ष गीतमा फिलिपिन्स दृष्य


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ

चलचित्र ‘लभ यु हमेशा’ आउँदो २२ कात्तिकबाट रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको शिर्ष गीत लभ यु हमेशा…को भिडियो सोमबार रिलिज गरिएको छ ।

गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् । यो गीतको भिडियो फिलिपिन्सको समुन्टी तटमा खिचिएको हो । दृष्यको हिसाबले भिडियो निकै सुन्दर बनेको छ । भिडियोमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जनले अभिनय गरेका छन् ।

यो फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र कार्तिक २२ गते नेपाल र कार्तिक १५ मा भारतमा प्रदर्शन हुने छ । धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।

रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने फिल्ममा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ ।

https://www.youtube.com/watch?v=XTR8mXcguhA