ब्युटी न्युज नेपाल
काठमाडौं, १६ भदौ

यो वर्षको हरितालिका तीजमा नेपाली अभिनेत्रीहरुले पनि नाचगान सहित रमाईलोसँग तीज मनाएका छन् । उनीहरुले तीजको अबसरमा शुभकामना आदन प्रदान गरेका छन् । खुशियाली साटेका छन् । यसै क्रममा तीजको दिन अभिनेत्रीहरुले आफ्नो फेसबुक सञ्जलमा सेयर गरेको तस्बिरमा तीजको भावभँगी –

‘सँजोग चाँडै घर आउ है आज । तिम्रो पुजा गरेर ब्रत सम्पन्न गर्नु छ क्या ।’ ६ महिना अघि वैवाहिक सम्बन्धमा बाँधिएकी अभिनेत्री वर्षा राउत सोमबार रातो सारी, निलो चोली, हरियो पोतेमा सजिएर विवाहपछिको पहिलो तीज मनाउँदै ।

‘आयुष्मान, मलाई यो पोते गज्जब सुहाएको छ नी ? यस पटक आफैं लगाएँ, अब त तिमीले नै लगाईदिनु पर्छ है ।’ आयुष्मानको दीर्घजीवनको कामना गर्दै नौगेडी सहितको हरियो पोतेमा सजिएर तिज मनाउँदै अभिनेत्री प्रियँका कार्की ।

‘मनले चाहेको जस्तो बर यसपाली त जुराईदेउन है शिब ।’ अभिनेत्री निता ढुँगाना, तीजको दिन हेटौंडाको एउटा शीब मन्दिरमा पुजामा व्यस्त ।

‘कस्तो छ देवान्सु मेरो पोज ?’ रातो कुर्था सुरुवालमा साम्राज्ञीको यो वर्षको तीज मुड

‘बाईपँखी घोडा चढेर कहिले आउला मेरो सपनाको राजकुमार ।’ यस्तै कल्पनामा डुब्दै अभिनेत्री वर्षा सिवाकोटी तीजको दिन तीज मुडमा ।

 

‘जती ब्रत बसे पनि कहिल्यै पति पाईन नी हो शिब । लौन केही गरिदेउ ।’ अभिनेत्री निर्देशक दीपाश्रीको यस्तो तीज मुड ।

 

‘म त आजको दिन पुरा स्वतन्त्र छु है । समय आएपछि विहे गरौंला । सिन्दुर पोतेमा सजिउँला । आज त मज्जाले नाच्ने हो, बालै भएन ।’ अभिनेत्री केकी अधिकारीको तीज मुड ।