हङकङमा आन्दोलनका कारण एरेष्ट फिल्म अवार्ड सर्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ

हङकङमा सन् २०१९ हुने भनिएको ’एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ केहि समयलाई सरेको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन् लागेको अवार्ड हङकङमा पछिल्लो समय भइरहेको आन्दोलनका कारण सार्न बाध्य भएको आयोजक पक्षले बताएको छ ।

आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक संस्था एभरेष्ट इन्टरटेन्मेन्टका प्रमुख लोकराज लिम्बुले हङकङमा चलिरहेको आन्दोलनका कारण अवार्डको लागि हल र मिति तय गरेपनि स्थगित गर्नुपरेको बताए । उनले भने–‘हामीले बारम्बार अवार्डका लागि मिति तय गरेका थियौं । तर, हङकङमा भैरहेको आन्दोलन रोकिनु छनक देखिएको छैन । यहीकारणले पनि हामीले अर्को बर्ष अवार्ड गर्ने निधो गरेका हौं ।’

सन् २०१९ मा आयोजना हुने भनिएको ‘एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ सन् २०२० मा सरेको छ । अब, यो अवार्ड सन् २०२० मेको २४ तारिखमा आयोजना हुने भएको छ । तिन हजार पाँच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ ।

यो अवार्डको जुरी संयोजकमा सुनिल थापा, जुरी सदस्यहरुमा गौरीशंकर धुँजु, विजयरत्न तुलाधर, मनोज केसी रहेका छन् ।

नेपाल संयोजन संगिक्षा फिल्मसका प्रमुख मनोज केसीले भने,‘हामीले अब अवार्डमा सन् २०१८ र सन् २०१९ मा रिलिज भएका फिल्मलाई समावेश गरेर २ बर्षको अवार्ड वितरण गर्नेछौ ।’

केसीका अनुसार, सन् २०१८ का विजेता नेपालमै घोषणा गरेर हङकङ लैजाने तयारी गरिएको छ । यस्तै, सन् २०१९ का फिल्म मध्ये उत्कृष्ट ३ विधामा पर्ने फिल्मकर्मीलाई अवार्डमा सहभागी गराइनेछ ।