मारुनीका कलाकारप्रति दर्शकको यस्तो क्रेज


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ

काठमाडौंका गोपिकृष्ण, अष्टनारायण लगायतका सिनेमा हलमा शनिबार चलचित्र ‘मारुनी’ हेर्ने दर्शकको फ्लो निकै भिडभाड देखियो । यो चलचित्रका अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतलाई सिनेमा हलमा चार जना सेक्युरिटीले पनि सुरक्षा दिन हम्मे हम्मे पर्यो । यी कलाकारले हेर्ने दर्शकको अत्याधिक भिड हलमा देखियो ।

निर्माण पक्षका अनुसार यो फिल्मका मल्टिप्लेक्सका शनिबार अकुपेन्सी ९० प्रतिशत भन्दामाथि देखियो । गोपिकृष्णमा उपस्थित दर्शकसँग सेक्युरिटीबीच साम्राज्ञी, पुष्प, रेविका गुरुङ, निर्मात्री पूनम गौतम, निर्देशक नवल नेपाल लगायतले साक्षात्कार गरेका थिए । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् ।

नायक पुष्प खड्काले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । निर्मात्री पूनम गौतमले शनिबार चलचित्रको व्यापारले आफू उत्साहित भएको र सकारात्मक वर्ड अफ माउथले आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् ।