दरमा रमायो रातो टिका निधारमा टिम, रिलिज १० असोजमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

आगामी दशैंको अबसर पारेर १७ असोजमा रिलिज हुने भनिएको निर्देशक अशोक शर्माको चलचित्र ’रातो टिका निधारमा’ अब १० असोजमै आउने भएको छ । घटस्थापना भन्दा अघि यो फिल्म आउँदैछ । १५ असोजमा बलिउडको वार सहित अरु दुई ओटा फिल्म रिलिज हुनेभएपछि रातो टिका निधारमाको मिति दशैं अघि नै १० असोजलाई तय गरिएको हो ।

यसै क्रममा यो चलचित्रको कलाकारलाई तीजको अबसरमा दर खुवाईएको छ । बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा, रविन्द्रा झा र निर्देशक शर्मा लगायतले सिनेमाको कार्यलय परिसरमा तीजको दर खाएका छन् ।

कलाकारले एक अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान प्रदान गरिएको निर्देशक शर्माले बताएका छन् । रातो टिका निधारमाले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माको भनाई छ ।

यही फिल्मबाट निर्देशक शर्माले छोरा अँकित शर्मालाई नायकको रुपमा डेब्यु गराएका छन् । यो फिल्मको एक रोमाञ्चकारी गीत दुई साता अघि सार्वजनिक भएको थियो । यस्तै सिनेमाको ट्रेलरमा हलमा रिलिज भैसकेको छ । यसलाई युट्युबमार्फत मंगलबार रिलिज गरिने निर्देशक शर्माले जानकारी गराएका छन् ।