साराको गुञ्जन पोखराबाट सुरु 


ब्युटी न्युज नेपाल

पोखरा, १४ भदौ 

चलचित्र ‘गुञ्जन’ को पोखराबाट छायाँकन सुरु भएको छ । यो फिल्मको त्यहाँ अहिले बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । फिल्ममा शिर्ष भूमिका गुञ्जनको रुपमा अभिनेत्री सारा श्रीपाली छिन् ।

बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा यो फिल्मबाट डेब्यु गरेका छन् । गुञ्जन बिसुद्ध प्रेमकथामा आधारित रहने छ । झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् ।

यही फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले हिरोका रुपमा डेब्यु गरेका छन् । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छिन् । बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकार छन् ।

ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी  कविराज गहतराजले गर्ने छन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । हाल छायाँकन भइरहेको गुञ्जनको रिलिज आगामी फागुन तेश्रो साता गर्ने योजना निर्माण पक्षको छ ।