अनमोललाई मन पर्यो मारुनी, फिल्मलाई रुचाउँदै दर्शक


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

यो वर्षको हरितालिका तीजको अबसर पारेर मुलुकका ८० भन्दा बढी सिनेमाहलमा रिलिज गरिएको चलचित्र ‘मारुनी’ले शनिबार बिहानैबाट दर्शकको राम्रो साथ पाएको छ । यो फिल्मले शुक्रबा मध्यम व्यापार गरेको थियो । शनिबार यो फिल्म काठमाडौंका धेरै जसो हलमा बिहान र मध्यान्नको शो हाउसफुल भएको छ । सिँगल थिएटरमा फिल्मले अझ राम्रो दर्शक र सफलता पाएको यसको निर्माता पुनम क्षत्री गौतमले बताएकी छिन् ।

यसै क्रममा चलचित्र मारुनी शुक्रबार बेलुका अभिनेता अनमोल केसीले हेरेका छन् । आफ्ना बुबा भुवन केससँग काठमाडौको छाया सेन्टरमा अनमोलले मारुनी हेरे । यो विशेष शोमा अनमोलसँगै अरु सिनेर्मी र सेलिब्रेटी पनि थिए ।

अभिनेता अनमोलले आफुलाई मारुनी मन परेको बताएका छन् । सिनेमाको स्कृप्ट निकै प्रभावशाली भएको र पुष्प, साम्राज्ञीको काम आफुलाई साह्रै मन परेको पनि उनले बताए । यी अभिनेताले निर्देशक नवल नेपालको कामको खुलेर प्रसँसा गरे ।

यो चलचित्रलाई नवल नेपाल निर्देशन गरेका हुन् । फिल्मकी निर्माता पूनम क्षत्री गौतम हुन्,‘फिल्मले बिस्तारै राम्रो पिकअप लिएको छ । आज शनिबार बिहानको शो प्राय सबैठाउँमा हाउसफुल छ । तीजसम्म फिल्मले राम्रो पिकअप लिनेमा हामी विश्वस्त छौं र दर्शकको राम्रो प्रतिक्रियाले हामी उत्साहित छौं ।’ निर्माता गौतमले व्युटी न्युज नेपालसँग भनिन् ।