अक्षयलाई मिष्टर वल्र्ड २०१९ मा मल्टिमिडिया अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ

फिलिपिन्सको मनिलामा सम्पन्न ‘मिष्टर वल्र्ड २०१९’को नेपाल प्रतिनिधि अक्षय रायमाझी रायमाझी स्वदेश फर्किएका छन् । ६० बढी राष्ट्रका प्रतिनिधीलाई पछि पर्दै उत्कृष्ट १२ भित्र पर्न सफल उनले मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याएका छन् ।

मनिलामा सम्पन्न सो प्रतियोगितामा सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत नेपालको परिचान झल्कने भिडियो समेत उनले प्रस्तुत गरेका थिए । अक्षयले नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाँच समेत प्रतियोगितामा देखाएका थिए । उनको नाच धेरैले रुचाएको उनले बताए । सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो ।

‘शिर्ष उपाधि भित्र्याउन नसके पनि मल्टिमिडिया उपाधी भने नेपाल ल्याएको छु’ उनले खुसी हुँदै भने ‘ नेपालको लागि यो पनि खुसीको कुरो हो ।’ बिश्वका प्रतिनिधिलाई भिजिट नेपाल २०२०को निम्तो समेत दिएको बताएका उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको सुनाए ।

अक्षय ‘मिस्टर नेपाल २०१७’का बिजेता हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो ।