ब्युटी न्युज नेपाल

काठमाडौं, ११ भदौ 

चलचित्र ‘आधा सुर’ को सुटिङ सुरु भएको छ । पारिवारिक कथानक फिल्मको डेब्यु निर्देशक अशिन पौडेलको निर्देशन रहेको फिल्मको सुटिङ बुधबार भद्रकाली मन्दिरमा पूजाआजा गरि थालीएको हो ।

यो चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा,शिसिर वाङ्देल,सरिता गिरी,दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल,सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा छन् । तीन युवाको गीतसँगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा रहेको यो फिल्मको साउन १५ मा प्रेसमिटका बीच निर्माण घोषणा गरिएको थियो ।

फिल्मका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेको हुन् । फिल्म भरपुर मनोरञ्जक बनाउने दावी निर्देशक अशिनको छ ।

फिल्म बिष्णु कल्पितले खिच्दैछन् । फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको फिल्म काठमाडौ र पोखरामा खिचिने छ ।