शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ भदौ

छायाँछवि तीज म्यूजिक अवार्ड भाद्र १२ मा काठमाडौंमा आयोजना हुने भएको छ । हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ यो अवार्ड हुन लागेको हो ।

अवार्डमा छायाँछवि नारी पत्रकारिता पुरस्कार यस वर्ष महिला रंग पत्रकार शारदा थापालाई प्रदान गरिने भएको छ । आयोजक सँस्थाले मँगलबार प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । पत्रकार थापा बिगत दुई दशक देखि रंग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी छिन् ।

तिज म्युजिक अवार्डमा ३२ विधामा अवार्ड प्रदान हुने पनि आयोजक सस्थाले जनाएको छ । कार्यक्रम सेलिब्रेसन ब्यान्क्वेट नक्सालमा हुने पनि बिज्ञप्तिमा जनाईएको छ ।