मसला कटेजमा कोडिक क्रस नाईट हुँदै


ब्युटी न्युज नेपाल
काटमाडौं, १० भदौ

आगामी २७ भदौ शुक्रबारसाँझ काठमाडौंमा ‘कोडिक क्रस नाईट–२०१९’ आयोजना हुने भएको छ । कोडिक क्रस नाईटमा फेशन शो, चर्चित कलाकारहरुबाट लाईभ ब्याण्ड, आफ्टर डिजे पार्टी लगायतका विविध कार्यक्रम आयोजना हुने भएको छ ।

यो कार्यक्रमलाई काठमाडौंको टेकु स्थित मसला कटेजमा सम्पन्न गरिने भएको छ । कार्यक्रमको तयारीमा आफुहरु तिब्रगतिमा लागेको आयोजक एवम् मोडल निलम काफ्लेले बताएकी छिन् ।

यो कार्यक्रमलाई निलुज इन्टरट्रेनमेन्ट र फेशन हन्टले आयोजना गर्न लागेको हो । कार्यक्रमको आयोजकहरुमा मोडलहरु निलम काफ्ले, लिक्सी वाईवा, ड्रेस डिजाईनर रुपा चौधरी थारु र डान्स कोरियोग्राफर रितेश रनपाल रहेको छन् ।

यस्तै सो कार्यक्रमको कोरियोग्राफी बीर विक्रम खड्काले गर्दैछन् । कोरियोग्राफीमा बीर विक्रमको लामो अनुभव छ । कार्यक्रमलाई भव्य पार्न आफ्नो समुहले कुनै कसर बाँकी नराख्ने पनि कोरियोग्राफर खड्काले बताएका छन् ।

कोडिक क्रस नाईट फेशन शोमा फेशन डिजाईनर रुपा चौधरी थारुले तयार गरेको सारी चोली, लेहँगा चोलीलगायतको डिजाईन प्रस्तुत गरिने छ । भारतीय च्यानलबाट प्रस्तुत बुगी वुगीका २००६ सेकेन्ड रनरअप रितेश रनपालको विशेष प्रस्तुति सो कार्यक्रममा रहने छ । कार्यक्रमलाई भव्य तुल्याउन आफुहरुले तयारी गरिरहेको आयोजक मध्यका लिक्सी वाईवाले बताईन् ।

यस्तै सो कार्यक्रमको कोरियोग्राफी बीर विक्रम खड्काले गर्दैछन् । कोरियोग्राफीमा बीर विक्रमको लामो अनुभव छ । कार्यक्रमलाई भव्य पार्न आफ्नो समुहले कुनै कसर बाँकी नराख्ने पनि कोरियोग्राफर खड्काले बताएका छन् ।