मारुनीको हाने मैले झटारो…


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

चलचित्र मारुनीमा समावेश तेश्रो गीत ‘हाने मैले झटारो…’ को भिडियो रिलिज गरिएको छ । यो गीतमा अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको छ । यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत रहेको छ । गीतले अहिले राम्रो प्रतिक्रिया पाएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतले यसको चर्चालाई अझै बढाउने पक्का छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन् ।

चलचित्रको यो गीतले पुष्प र रेबिकाको सम्बन्ध प्रष्ट्याएको छ । संजय लामाले खिचेको यो चलचित्रले लामो समयदेखि सुनसान बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

पूनम गौतमको निर्माणमा बनेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितिसकेको छ । यो फिल्मका कलाकारहरु मोफसलको प्रचार यात्रा सकेर सोमबार काठमाडौं फर्किएका छन् ।