पासवर्डको एक्सन प्रधान ट्रेलर, सनी लियोनी गौण


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज गरिएको छ । तर ट्रेलरमा सनीको दृष्यले त्यती धेरै स्थान पाएको छैन । उनी ट्रेलरमा गौण छिन् ।

सनीको विशेष भूमिका समेत फिल्ममा भएकाले ती महत्वपूण दृष्यहरु ट्रेलरमा नराखिएको यसका निर्देशक सम्राट बस्नेतले बताएका छन् । त्यसो त पासवर्ड अहिले बलिउड अभिनेत्री सन्नी लियोनीका कारण पनि चर्चामा छ । यो फिल्मको एउटा आइटममा सनी छिन् । उनले सिनेमामा केहि दृष्यमा पनि अभिनय गरेको निर्माण पक्षले दावी छ ।

पासवर्ड यही २७ भदौमा रिलिज हुँदैछ । यो चलचित्रको कथा अपराधमा आधारित भएको ट्रेलरले प्रस्ट्याउँछ । सिनेमाको ट्रेलरमा प्रोडक्सनको महत्व देखिन्छ । यो चलचित्रको धेरै जस्तो छायाँकन लण्डनमा गरिएको हो ।

यो चलचित्रमा सनी लियोनीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ ।

अंकित गौतमको कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह(लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

एबी इन्टरनेशनलको व्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । जसमा निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको छ । पासवर्डको कथा सिमा गुरुङले लेखेकी छन् ।