फर्की आउ…मा राहुल र एलिशाको डान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

राहुल शाह र एलिशा शर्मा पछिल्लो समय म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी हुन् । यी दुई अभिनीत नयाँ म्यूजिक भिडियो ‘फर्की फर्की…’ युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

शनिबार यूट्युबमा सार्वजनिक भएको फर्की फर्की… गीतमा दुईको प्रेमभाव समेटिएको छ । यो गीतलाई कलाकार नविन रावल र सदिक्षा कट्टेलले गाएका हुन् । गीतमा गायक रावल स्वयंले संगीत भरेका छन् । गीतको शब्द मिलन विष्टले सिर्जेका हुन् । गीतलाई दर्शक श्रोताले मन पराउनेमा गायक रावल विश्वस्त छन् ।

यो गीतको भिडियो फिल्मी शैलीमा तयार पारिएको छ । गीतको भिडियोको निर्देशन र कोरियोग्राफी राहुल शाहले नै गरेका हुन् । भिडियो आकर्षक बनेको छ । गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन रहेको छ ।

यो गीतको भिडियोमा चार वटा डान्स समुहको नृत्य प्रस्तुत गरिएको छ । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चनाको यसमा डान्स छ । यस्तै यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले पनि गीतको भिडियोमा नृत्य गरेका छन् । नृत्य प्रेमी दर्शकलाई यो गीतको भिडियो मन पर्छ ।