सविना बनिन मिस चन्द्रागिरी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ

चन्द्रागिरीका युवतीहरुको लागि प्रेरण दिने उदेश्यले आयोजित कार्यक्रममा मिस चन्द्रगिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले जितेकी छिन्  । चाँदनी इन्टरटेनटमेन्ट एण्ड ट्रेनिङ प्रा.लि.ले आयोजना गरेको यस प्रतिस्पर्धामा २२ जनाको सहभागिता थियो  । त्यमसध्ये फाइनल राउण्डमा पुगेका १२ प्रतिस्पर्धिबाट विजेता चयन गरिएको हो ।

प्रतिस्पर्धामा लचना शाक्य फष्ट रनरअप तथा प्रेमा शेर्पा सेकेण्ड रनरअप भइन् । त्यसैगरी, रबिका डंगोल मिस सोसियल एम्बास्डर घोषित भइन् ।

विजेता लाई नगदसहित विभिन्न गिफ्ट ह्याप्पर पनि प्रदान गरिएको थियो । विजेतालाई ३० हजार, फष्ट रनरअपलाई २० र सेकेण्ड रनरअपलाई १० हजार नगद सहित विभिन्न गिफ्ट ह्याप्पर प्रदान गरिएको थियो ।

चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा म्युजिक सिटी हल बालकुमारीमा सम्पन्न भएको कार्यक्रम निकै रोचक भएको थियो ।