रोजद्धारा तीज विशेष कार्यक्रममा चार महिला सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ

आ–आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दा चार महिलाहरुलाई सम्मानित गरिएको छ । हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अबसार पारेर शनिबार काठमाडौंमा  रोज सिप विकाश तालिम केन्द्र रविभवनद्धारा आयोजित ‘अण्डर सफ्ट तीज विशेष कार्यक्रम–२०७६’मा उनीहरुलाई विशेष योगदान सम्मान प्रदान गरिएको हो ।

सो कार्यक्रममा चलचित्र क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै हास्यब्याँग्य अभिनेत्री पल्लसा डँगोल (चम्सुरी), कोरियोग्राफीमा योगदान दिएको भन्दै सञ्चारकर्मी तथा चर्चित कोरियोग्राफर जयन सुब्बा मानन्धर, फेशन निरन्तरमा योगदान दिएको भन्दै कालज क्रियसनकी अध्यक्ष एवम् फेशन डिजाईनर काजल शर्मा र सञ्चार क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै नारी मासिककी सञ्चारकर्मी सृजना दुवाललाई सम्मानित गरिएको हो ।

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारँजितले समारोहमा स्वागत मन्तव्य राख्दै रोज व्युटी पार्लरले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको बताईन् । सोही अन्तर्गत यस वर्ष पनि तीज कार्यक्रम आयोजना गरिएको जानकारी गराईन् ।

सो कार्यक्रममा रोज ब्युटी पार्लरका विधार्थीहरुले फेशन सो गरेका थिए । फेसन शोका मोडलहरुमा सरिता मल्ल, सिमन श्रेष्ठ, मञ्जला डँगोल, दुर्गा श्रेष्ठ, मञ्जु श्रेष्ठ, निर्मला सिंह, आर्या नकर्मी, शर्मिला श्रेष्ठ, रस्मिका महर्जन र आरध्य गुप्ता थिए ।

काजल क्रियसन कुपण्डोलका तर्फबाट तयार पारिएको लेहँगा, चोली, सारी, ब्लाउज, गाउन लगायत विभिन्न पहिरनमा सजिएर रोजका मोडलहरुले र्याम्पमा क्याटवाक गरेका थिए । फेशन सोइस्टपरमा रुपमा अभिनेत्री सँचिता लुईटेल थिईन् । सँचितासँगै रोज व्युटी पार्लरकी अध्यक्ष सानी कारँजित र फेसन डिजाईनर काजल शर्मा पनि र्याम्पमा उत्रिएका थिए । मोडलहरुलाई रोज व्युटिपार्लरका तर्फबाट नविना अधिकारी, रुपा बस्नेतलगायतले विभिन्न मेकअपमा सृँगारेर र्याम्पमा उतारेका थिए ।

समारोहमा व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ का वितेज सरु जोशी, फस्ट रनरअप कविता लामा, सेकेन्ड रनरअप मुना श्रेष्ठ र पपुलर अवार्ड बिजेता इमिका श्रेष्ठले र्याम्पमा क्याटवाक गर्दै अन्डरसफ्टको नयाँ प्रोडक्ट सार्वजनिक गरेका थिए । फेशन शोको कोरियोग्राफी रोमी खड्गीले गरेकी थिईन् ।

कार्यक्रममा गायिका जुनु रिजाल काफ्लेले तीज गीत प्रस्तुत गरेर सहभागीहरुलाई नचाईन् । पल्पसाको प्रहसन पनि रोचक थियो । म्याकुरीले पनि कार्यक्रममा प्रहसन गरे ।

गायिका जुनु रिजाल र विष्णु न्यौपानले सञ्चालन गरेको तिज कार्यक्रममा व्युटिसिहरु वर्षा चौलागाईं, मिनु भुजेल, उषा लामा, न्यान्सी राईलगायतले नाचगान गरेर रमाइलो गरेका थिए ।

कार्यक्रममा उत्कृकष्ट सँृगार गरेर आएका तीन महिलालाई रोज तिज क्विन–२०७६ घोषणा गरिएको थियो । रोज तीज क्वीन २०१९ को उपाधि बुटवलकी ब्युटिसियन गोमा पुनले, फस्ट रनरअपको उपाधि ब्युटिसिनय रिना तामाङले र सेकेन्ड रनर अपको उपाधि ब्युटिसियन भावना ढकालले प्राप्त गरे ।

समारोहमा नेपाल कस्मेटिक ब्यबसायी संघका अध्यक्ष रँजित पौडेल, बरिष्ट व्युटिसियनहरु डा. राजश्री श्रेष्ठ, सिता पाठक, सुमित्र रँजित, शशी शाह, लक्ष्मी महत, अनिता खड्का रायमाझी, रश्मिला श्रेष्ठ, रिना अवाले, सुजना जोशी, शुलोचना श्रेष्ठ, रुस्का बैध श्रेष्ठ, शान्ता कार्की, बिन्दु शाह, शारदा, रचना शाक्य, रेनु राणा, सुजाता राई, मोडल सितास्मा हमाल मल्ल सहित विभिन्न व्यक्तिहरु अतिथि थिए ।