श्रेया गजुरेल मिस नेपाल नर्थ अमेरिका–२०१९


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौं

यही १७ अगष्टमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका–२०१९’ प्रतियोगितामा ‘मिस नेपाल नर्थ अमेरिका–२०१९’को उपाधि न्यूयोर्ककी श्रेया गजुरेल जितेकी छन् । दोश्रो संस्करणको ‘मिस नेपाल नर्थ अमेरिका’का लागि अन्तिम १६ प्रतियोगीबाट फस्ट रनरअप भ्यानकोभर क्यानडाकी आस्था पाण्डे र सेकेण्ड रनअप म्यासाचुसेट्सकी कृति केसी भएका छन् ।

अमेरिकाको न्युयोर्कमा सम्पन्न सो प्रतियोगितामा मिस ट्यालेन्ट रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिच गरिमा पौडेल, मिस पपुलर राजश्री आचार्य, फोटोजेनिक आस्था थापा मगर, मिस स्माइल सविना पौडेल, मिस वेस्ट ड्रेसमा ओशिन रायमाझी, मिस पर्सोनालिटी मनिषा रोका, मिस डिसीप्लेन रिस्ता साह, मिस क्याटवाक बिष्णु मिश्रा, मिस पर्सोनालिटी आस्था पाण्डे, मिस राईजिङ स्टार एञ्जिला अधिकारी, मिस स्किन आस्था थापा मगर र मिस बेस्ट हेयर रिस्ता शाहले सबटाइटल पाए ।

प्रतियोगिताको निर्णायकमा ‘मिस नेपाल वल्र्ड–२०१८’की शृँखला खतिवडासँगै नामगेल लामा, अधिवक्ता बासु फुलारा, गायक एड्रिएन प्रधान, अबुबोकोर हनिप र राजु श्रेष्ठ थिए ।