आर्यन र मिरुनाको सिल्की सिल्की बाल…


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ भदौ

अभिनेता आर्यन सिग्देलको नयाँ फिल्म ‘हजार जुनी सम्म’ अहिले प्रदर्शन भईरहेको छ । यो फिल्मले नाई नभन्नु लको जस्तो व्यापार नगरे पनि सन्तोष जनक व्यापार गरिरहेको छ । यसै क्रममा अभिनेता आर्यन सिग्देल अहिले अर्को फिल्म ‘च च हुई’को प्रचारमा जुटेका छन् । किनकी उनको यो चलचित्र आगामी मँसिर ६ गते रिलिज हुने भएको छ ।

यसै क्रममा च च हुई चलचित्रको गीत ‘सिल्की सिल्की बाल…’को भिडियो बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।

राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै संगीत गरेका हुन् । गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटाले अभिनय गरेका छन् । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् ।

ल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । सार्वजानिक गीतलाई मुस्ताङ्गको छुसाङ्गमा छायाँकन गरिएको हो । गीतमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ ।

फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको यसका निर्माण पक्षको कथन छ । यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।

यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् । यसको छायाँकारमा सुशन प्रजापति रहेका छन् ।

गीत रिलिज समारोहमा आफ्नो भूमिकाबारे अभिनेता आर्यन सिग्देल र मारुना मगरले यो चलचित्रमा आफुहरुले निकै मेहनत गरेको र फिल्म राम्रो बनेको जिकिर गरे ।