रबि लामिछानेलाई अनुसन्धानका लागि ५ दिन म्याद थप


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ भदौ

न्युज २४ का पत्रकार रबी लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मितालाई बयानका लागि जिल्ला अदालत भरतपुर चितवनको न्यायाधीश केशव अधिकारीको इजालासले थप ५ दिन म्याद थप गरेको छ । सञ्चारकर्मी रबि लामिछाने सहित पत्रकार युवराज र नर्स अस्मितालाई मँगलबार दिउँसो म्याद थपका लागि अदालत गरिएको थियो । अदालतमा ३ नम्वर इजलासमा उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस भएको हो ।

उनीहरुमाथि अझै अनुसन्धान र बयानको क्रममा जारी रहेको भन्दै प्रहरीका तर्फबाट सकारी वकिलले १० दिन म्याद थप्न आग्रह गरेका थिए । तर जिल्ला अदालत चितवनले पाँच दिनका लागि मात्र म्याद थप गरेको हो । उनीहरुलाई यस अघि गत शुक्रबार अनुसन्धानकै लागि भनेर जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको थियो । आज सहित दोश्रो पटक पुन पाँच दिनको म्याद थपिएको हो ।

नर्स अस्मिता र पत्रकार युवराजको बयान पुरा भए पनि प्रहरीले सञ्चारकर्मी रबी लामिछानेको बयान अझै सकेको छैन । सोही कारण पनि जिल्ला अदालत चितवनले हिरासतमा राखेर रबी लामिछानेसँगै युवराज र अस्मिताको बयान लिनका लागि म्याद थप गरेको हो । कानूनी प्रावधान अनुसार २४ दिनसम्म म्याद थपेर प्रहरीले सम्बन्धित आरोपिलाई अनुसन्धान गर्न पाउँछ ।

म्याद थपपछि सञ्चारकर्मी रबि लामिछाने सहित यी तीन जनालाई पुन जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । बुधबारबाट सञ्चारकर्मी लामिछानेको बयान सुरु गरिने प्रहरीले जनाएको छ ।

साउन २० गते भरतपुरको कंगारु होटलमा मृत फेला परेका पत्रकार शालिराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले साउन ३० गते न्युज २४ का सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । उनीहरुले मँगलबार दिनभर जसो चितवनमा बिरोध प्रदर्शन जारी राखे ।

हरीले निषेधित गरेको क्षेत्रमा बिहानै जुलुस नारा गर्दै रबिका समर्थकहरु जाने क्रममा प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई निषेधित क्षेत्रबाट भगाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय भरतपुर भन्दा केही पर सञ्चारकर्मी रबिका समर्थकहरुले दिनभर जसो नारा जुलुससँगै कोषसभा गरेर दबाव सृजनालाई कायम राखे । रबीको समर्थनमा गायक रामकृष्ण ढकाल र अभिनेता रमेश उप्र्रेती पनि मँगलबार नारा जुलुस कार्यक्रममा सहभागी भएका थिए ।