ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

सर्वोच्च अदालतले आईतबार अल्पकालिन आदेश जारी गर्दै अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्न निर्देशन दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेरको इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आईतबार अल्पकालीन आदेश दिएको हो ।

जबकी निर्माता छविराज ओझाको कान्छी पत्नी अभिनेत्री शिल्पा पोखरेलबिरुद्ध काठमाडौं जिल्ला अदालतले केही समय अघि जारी गरेको पक्राउ आदेश दिएको यिथो ।

निर्माता छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाका तर्फबाट छबिराज र शिल्पाको विवाह भएको भन्दै बहुविवाह प्रकरणमा यी दुबैलाई पक्रन प्रहरीमा उजुरी दिईएको थियो । सो उजुरीमा महिला प्रहरी सेल कालिमाटी, काठमाडौंले जिल्ला अदालत काठमाडौं मार्फत यी दुबैलाई पक्राउ गरि कारबाही अगाडि बढाउन आदेश लिएको थियो ।

त्यसपछि हेमाले बहुविवाहको उजुरी प्रहरीमा हालेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले शिल्पा र छविलाई पक्राउ गर्न खोजी जारी राखेको थियो ।

सो विरुद्ध शिल्पाले १६ साउनमा उच्च अदालत पाटनमा ’निषेधाज्ञा आदेश पाऊँ’ भन्दै निवेदन दिएकी थिईन् । तर जिल्ला अदालतको आदेशलाई उच्च अदालतले समेत सदर गरेपछि अभिनेत्री शिल्पाले सर्वोच्च अदालतमा रिट दाएर गरेकी थिईन् । उनको सो रिटमाथि एकतर्फी छलफल गर्ने क्रममा सर्वोच्चले १५ भदौसम्म शिल्पालाई पक्राउ नगर्न आदेश दिएको हो ।

त्यसपछि फरार भएकी अभिनेत्री पोखरेलले आफूलाई पक्राउ नगर्न माग गर्दै ’निषेधाज्ञा आदेश पाऊँ’ भन्दै साउन १६ गते अभिवक्ता रमेश गुराँगाईमार्फत् सर्वोच्च अदालतमा २९ साउनमा रिट निवेदन दिएकी हुन् ।सो निवेदन माथिको निर्णयमा सर्वोच्चले उनलाई १५ भदौसम्म पक्राउ नगर्न विपक्षको नाममा आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले अब भदौ १५ को बहसमा यस बिषयमा थप छलफल गर्नका लागि बिपक्षी हेमा ओझासँगै छविराज ओझा र शिल्पा पोखरेललाई अदालतमा हाजिर हुन निर्देशन दिएको छ । तर छबिराज ओझा भने प्रहरी र अदालतको सम्पर्कमा आएका छैनन् ।