तीज गीतमा ‘स्वास्नी कुट्ने पोईको चर्चा


ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

यो वर्षको तीज नजिकिदै जादा शोभा केसीको स्वरमा रहेको महिला हिंसा विरुद्धको तीज गीत ‘स्वास्नी कुट्ने पोई…’को भिडियो सार्वजनिक भएको छ । दुर्गा साउदको शब्द÷सङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यो भिडियोमा शुभेक्षा थापा, लय संग्रौला, सुवाष गजुरेल, उत्तम केसी नेपाल, गीता नेपाल, मुकुन्द मैनाली, इन्दिरा दाहाल, लक्ष्मीनाथ तिमल्सिना, गायत्री पाण्डे, सत्यदेवी थापा, राजु आचार्य, मनीकुमार राई (हुक्का दादा), तृष्णा खड्का, गीता बर्मा, मिना सुवेदी, ध्रुवबहादुर थापा, सुस्मिता थापा, चक्रध्वज (कान्छा दाई)लगायतका कलाकारको अभिनय रहेको छ ।

केशव अधिकारी खत्रीले छायाँकन गरेको यो भिडियोलाई बरिष्ठ हास्य कलाकार उत्तम केसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई नारायण रिजालले कोरियोग्राफी गरेका हुन् । शोभा केसीले निर्माण गरेको यो गीतको भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।