ब्युटी न्युज नेपाल
काठमाडौँ, १ भदौ

यसवर्षको जगदम्बा श्री पुरस्कार कवि बैरागी काइँलालाई प्रदान गर्ने घोषणा गरिएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक काइँला (तीलविक्रम नेम्बाङ) लाई उक्त पुरस्कारका लागि छनोट गरेको हो ।

मदन पुरस्कारका अध्यक्ष कुन्द दीक्षितका अनुसार यसवर्ष गुठीमा प्राप्त भएका २७५ यो वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’ लाई प्रदान गरिने घोषणा गरिएको छ । यो एतिहाँसिक कथाबस्तुमा आधारित उपन्यास हो ।

यसरी यस वर्षको मदन पुरस्कार ‘रणहार’ का लेखक योगेश राजलाई र गगदम्बाश्री पुरस्कार बैरागी काईँलालाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । असोज १२ मा प्रदान गरिने दुवै पुरस्कार चार–चार लाख रुपैयाँका रहेका छन् ।

लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत कवि काइँलालाई कदरस्वरुप २०७५ को जगदम्बा–श्री दिइएको गुठीले जनाएको छ ।
मदन पुरस्कारका लागि यसका लागि अन्तिम छनोटमा सात पुस्तकहरु ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘विचारको लाश’ र ‘रणहार’ परेका थिए ।

२०१२ सालमा स्थापना भएको मदन पुरस्कारबाट पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई पुरस्कृत गरिएको थियो ।

जगदम्बा–श्री भने रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालबाट दिन थालिएको हो। मदन पुरस्कार नेपाल तथा नेपाल बाहिर नेपाली भाषामा प्रकाशित र गुठीको विधान अनुसार गुठीमा प्राप्त पुस्तकमध्येबाट एक पुस्तकलाई तथा जगदम्बा–श्री विभिन्न माध्यमबाट नेपाली वाङ्गयको श्री–वृद्धिमा योगदान गर्ने व्यक्ति÷संस्थालाई प्रदान गरिन्छ ।