बेलायतमा चलचित्र ‘कैदीको पत्र’को छायाँकन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ साउन

बिदेशमा नेपाली फिल्मको निर्माण क्रम बढेको छ । २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को छायाँकन भईरहेको छ । साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा फिल्म निर्माण गरिरहेका छन् ।

यसको निर्देशन बैराग आफैले गरेकाछन् । त्यतिमात्रै होइन फिल्मको पटकथा, सम्वाद र गीतपनि उनी स्वमय्ले लेखेकाहुन् । फिल्म सुटिङकालागि केही साताअघि प्राबिधिकको एक काठमाडौबाट टोली बेलायत उडेको थियो ।

हालसम्म स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’को छायांकन सकिन अझै दुई साताबढी समय लाग्ने बताइएको छ ।

ल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतकालागि नेपाली राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् ।

‘महामहिमज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्हरुप दिनकालागिआफू सुटिङमा उपस्थित भएको बताउनु भयो,’ निर्देशक बैरागले भने,‘उहाँ मेरो जिजिविषा र भीमसेन थापा नाटकबाट प्रभावीत हुनुहुन्थ्यो । त्यसकारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो । उहाँको साथले खुशी मिलेको छ ।’

फिल्ममा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वीराज केसी, सुरेश श्रेष्ठ, किरण कार्की, क्यारी डुड्स,चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् ।

रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्धनिर्देशन ,सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको फिल्मको मुख्य सहायकनिर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन । कलिना–रुबिन श्रेष्ठ, हिरालआमीन जोशी र दिल घले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् ।