‘दि डिभाज वाक र्याम्प शो’ मा ग्लामर फेसन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ साउन

गैरीधारा स्थित लस एस्को बारमा ‘दि डिभाज वाक र्याम्प शो’ मा थरी थरीका फेसन डिजाईन प्रस्तुत गरियो ।
यो फेशन शोमा क्रिएटिभ फेशन डिजाइनर तेन्जिङ छेतेन भुटियाको ग्लामर एवँ क्रिएटिभ कलेक्सनलाई विभिन्न मोडलहरुले र्याम्पमा प्रस्तुत गरे ।

भुटियाको डिजाईनलाई मोडेल तथा अभिनेत्री पारमिता आर एल राणा, मोडेल एवँ कलाकार सिर्जना रेग्मी, मोडेल सुष्मिता थापा, सेलिशा श्रेष्ठले आकर्षक रुपमा प्रस्तुत गरे ।

???

यो फेशन शो सँगै कार्यक्रममा पप गायक सबिन राईले आफ्ना चर्चित गीतहरु सुनाए । उनले गुँरासको फेद मुनी… सहित विभिन्न गीतहरु प्रस्तुत गर्दा दर्शकहरु कार्यक्रममा रमेका थिए ।

हरेक साता हुने मनोरन्जनात्मक कार्यक्रमसँगै ‘दि डिभाज वाक र्याम्प शो’ स्वयँ लस एस्को बारले आयोजना गरेको हो ।

प्रस्तुती : जयन सुब्बा मानन्धर
तस्बिर : सुदेश महर्जन