रियालिटी शोका लागि हिरो नेपालको खोजी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन

आफुहरुसँग भएको शाहसिक प्रतिभा प्रस्तुतिका लागि हिरो नेपाल प्रतियोगिता हुने भएको छ । हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो नभएर आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो नेपाल भएको आयोजक संस्था एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा.लि.ले जनाउको छ ।

कार्यक्रम आयोजक उमा श्रेष्ठले यो कार्यक्रमबारे पत्रकार सम्मेलनमा भनिन्, ‘स्वदेश तथा विदेशमा रहेका नेपाली तथा नेपालमा नै भएका विदेशीहरुको त्यो लुकेको प्रतिभालाई नै उजागर गर्ने उदेश्यले आयोजना हुन गैरहेको एकमात्र टेलिभिजन रियालिटी–शो कार्यक्रमको नाम हिरो नेपाल हो । हिरो नेपालमा आएर जुनसुकै उमेर समूहका क्षमतावान प्रतिभाशाली व्यक्तिहरुले प्रतिभा प्रदर्शन गर्न पाइन्छ ।’

यो राष्ट्रको गौरब तथा शानको रुपमा प्रस्तुत हुने जानकारी गराउन चाहन्छु । त्यो प्रतिभा प्रदर्शनलाई टेलिभिजन तथा युट्युबको माध्यमवाट विश्वमा उजागार गर्ने प्रमुख उदेश्य रहेको जानकारी आयोजक एक्टिभ प्रोडक्सन्स एण्ड मिडियाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले बताईन् ।

उमाले यस हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई पनि प्रस्तुत गरेर प्रवद्र्धन गर्न सक्ने पनि बताईन् । उनका अनुसार आउने नयाँ पिढीलाई सिक्ने माध्यमको रुपमा पनि हिरो नेपाल हुनेछ ।

कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, यस हिरो नेपालमा एकल, जोडी तथा समूह आएर भाग लिन पाउने प्रावधान राखेको छ । ती प्रतिभावनहरुको प्रतिभाको १२ जना निर्णायकहरुले निर्णय गर्नेछन् । यसमा दर्शकको भोटिङ पनि हुने छ ।

प्रतियोगिताको फाईनलमा प्रथम हुनेलाई नगद १० लाख, द्धितीयलाई ८ लाख र तेश्रो हुनेलाई नगद ६ लाख पुरस्कार प्रदान गरिनेछ । कात्तिकबाट अडिसन सुरु गरेर त्यसपछि कार्यक्रमलाई टिभीबाट प्रशारण गरिने भएको छ ।