ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन

माउन्टेन टेलिभिजनका दिवँगत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहिबार बेलुका पक्राउ परेकोसञ्चारकर्मी रबि लामिछाने सहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतका न्यायाधिश बिनोदकुमार गौतमको इजालसले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार दिउँसो प्रहरीलाई अनुमति दिएको हो । सञ्चारकर्मी रबि लामिछानेलाई छुटाउन उनका समर्थकहरुले बिहानदेखि गरेको एकोहोर बिरोधको प्रयास हाललाई असफल भएको छ ।

अब जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले आउँदा ४ भदौसम्म हिरासतमा राखेर सञ्चारकर्मीद्धय रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्नेछ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीले त्यसपछि पनि थप अनुसन्धन गर्नु परेमा अदालतमा म्याद थपको लागि पहल गर्नेछ । त्यो बीचमा अनुसन्धान पुरा भएमा पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणको मुद्धामा ४ भदौमा सञ्चारकर्मी रबि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कँडेललाई जिल्ला अदालत चितवनमा पेस गर्नेछ ।

सञ्चारकर्मी लामिछानेकी श्रीमती निकिता पौडेल काठमाडौंबाट वकिलहरुको एउटा समुह लिएर चितवन पुगेकी थिईन् । उनले आफ्ना श्रीमान एवम् सञ्चारकर्मीहरुलाई धरौटीमा छुटाउन आबस्यक जायजेथा र अधिवक्ताहरुको समुह काठमाडौंबाट चितवन लागेकी थिईन् । तर उनको सो प्रयास यतीबेला असफल भएको छ । यता सञ्चारकर्मी रबि लामिछानेका समर्थकले पनि जिल्ला प्रहरी कार्यालय अगाडि र जिल्ला अदालत अगाडि निरन्तर नाराबाजी गरेर उनलाई छुटाउन दबाब दिन नारबाजी गरिरहेका छन् ।