रबि लामिछानेलाई अदालत पेस गरियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन

माउन्टेन टेलिभिजनका दिवँगत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहिबार बेलुका पक्राउ परेको न्युज २४ का सञ्चारकर्मी रबि लामिछाने सहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानगर्न म्याद थपकालागि जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा शुक्रबार दिउँसो उपस्थित गराएको छ ।

रबी लामिछानेलाई अदालत लैजानु अघि उनका समर्थकहरुले शुक्रबार बिहानैबाट चितवनमा जुलुस नारा गरेर सरकार र प्रहरीको चर्को विरोध गरिहेका छन् । जिल्ला प्रहरी कार्यालय अघि रबीको समर्थकहरुको अनियन्त्रित भिड बढेपछि शान्ति सुरक्षाको लागि प्रहरीले केही बल प्रयोग गर्नु परेको थियो । यसरी भिड बढेपछि सोही क्रममा सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडिपट्टी रहेको प्रहरी नायब उपरीक्षकको निवासबाट बाहिर निकालेर निवास पछाडिको बाटो हुँदै अदालतमा लानु परेको थियो ।

यि तीनै जना आरोपितहरुलाई आज शुक्रबार मध्यान्न १२ बजेपछि सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर अदालत लगिएको हो । रविका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय चितवनदेखि चितवन जिल्ला अदालतसम्म करिब पाँच सय मिटरको क्षेत्रमा रविको रिहाईको माग गर्दै नाराबाजी गरिहेका छन् । प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा हाजिर गराएको हो ।

रवि लामिछानेको रिहाईको माग गर्दै भरतपुरको चौबिसकोठीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराउन खोज्ने रविका पाँच जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताएका छन् । समर्थकहरुले जुलुस नारा गरिरहेपनि स्थितिलाई प्रहरीले नियन्त्रणबाट बाहिर जान नदिएको पनि एसपी मल्लले जानकारी गराए ।

नेपाल बार एशोसिएसनका पूर्व महासचिव सुनील कुमार पोखरेलको नेतृत्वमा कानुन व्यववसायीहरुले म्याद थपबारे बहस गरिरहेका छन् । सञ्चारकर्मी लामिछानेकी श्रीमती निकिता पौडेल काठमाडौंबाट वकिलहरुको एउटा समुह लिएर चितवन पुगेकी छिन् । उनका वलिकहरुले रबीलाई धरौटीमा छोड्नका लागि अहिले प्रयास गरिरहेका छन् । यदी अदालतले म्याद थप गरेमा रबी र बाँकी दुई जनालाई हिरासतमा राखेर प्रहरीले पत्रकार पुडासैनी प्रकराणमा अनुसन्धान गर्नेछ ।

शालिकरामले आत्महत्या गर्नु अघि रेकर्ड गरेको सुसाईट भिडियो नोट बुधबार दिउँसो नेपाज आज अनलाईन मार्फत सार्वजनिक भएपछि यो प्रकरणले चर्को रुप लिएको हो । त्यो सुसाईट भिडियो नोटमा आफुले आत्महत्या गर्नुको कारण पत्रकार पुडासैनीले रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई दोषी देखाएका थिए । पत्रकार पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा लामिछानेसहित तीन जनालाई बिरुद्ध जाहेरी किटानी दिएपछि प्रहरीले बिहिबार दिउँसो कलँकीबाट अस्मितालाई पक्राउ गरेको थियो । बिहिबार बेलुका ७ बजे रबी लामिछाने र युवराज कँडेललाई न्युज २४ को कार्यालय पसिर पानीपोखरीबाट पक्राउ गरेर राती १ बजे चितवन पुर्याएको हो ।