ब्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन

एक्शन लभस्टोरी फिल्म ‘सोच’ २० भदौबाट एकल प्रदर्शनमा आउने भएको छ । चलचित्र सोचको ट्रेलर बुधबार सार्वजनीक गरिएको छ । फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरोलाई समेटिएको छ ।

केही समय अघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् ।

उत्तम केसी, बिशाल पहाडी, सोनीका, किरणथापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजनले बताए ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।