‘स्कुल अफ व्युटीसियन’ले मनायो १६ औं वार्षिक उत्सब


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

काठमाडौंको नक्सालमा रहेको ‘स्कुल अफ व्युटीसियन’ (आइटीसी स्कील डेभलपमेन्ट सेन्टर)ले विभिन्न कार्यक्रम आयोजना गर्दै काठमाडौंको तिनकुनेमा १६ औं बार्षिक उत्सव मनाएको छ ।

ब्युटिसियन रुस्का बैध श्रेष्ठले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १६ औं बार्षिक उत्सव मनाएकी हुन् । उनको यो ब्युटिपार्लर काठमाडौंको नक्साल र बनेपामा रहेको छ ।

‘स्कुल अफ व्युटीसियन’ (आईटिसी)बाट सिटिईभिटीको स्किल टेस्ट उतिर्ण भएका व्युटिसियनहरुलाई सो समारोहमा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै आईटिसीबाटै व्युटिसियन प्रशिक्षण लिएर बेसिक, एड्भान्स तथा डिप्लोमा उतिर्ण गरेको व्युटिसियन विधार्थीहरुलाई पनि कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरियो ।

वार्षिक उत्सब समारोहमा बोल्दै रुस्का बैद्य श्रेष्ठले १६ बर्षअगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र व्युटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । आज हजारौ नारीहरुलाई यो सिप सिकाएर रोजगार सहित आत्म निर्माण बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । यो अबधिमा आफुले काठमाडौं र बनेकामा गरे ७ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।

विभिन्न अग्रज व्युटिसियनहरुले सो समारोहमा १६ औं वार्षिक उत्सबको शुभकामना व्यक्त गरे । अभिनेत्री सँचिता लुईटेल बरिष्ट व्युटिसियनहरु राज्यश्री श्रेष्ठ, सिता पाठक, सुमित्रा रँजित, शशी शाह, सोनी कारँजित, अनिता खड्का रायमाझी, सुलोचना श्रेष्ठ, रिना अवाले, रिना शाक्यसहित विभिन्न व्युटिसियनहरुले ब्युटिसियन रुस्कालाई सो कार्यक्रममा १६ औं वार्षिक उत्सबको बधाई ज्ञापन गरेका हुन् ।

१६ औं वार्षिक उत्सबको केक काटेर मनाईएको सो कार्यक्रममा आईटिसीका व्युटिसियन विधार्थीहरुले विभिन्न गायन एवम् नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जन प्रधान तुल्याएका थिए । कार्यक्रममा उधमी महिला, व्युटिसियनसहित विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।