बरिष्ट व्युटिसियन अनिता खड्काद्धारा विधार्थीलाई लत्ताकपडा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

कलँकी व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन अनिता खड्का रायमाझीले पार्लरका तर्फबाट गरिब तथा जेहन्दार विधार्थीहरुलाई स्कुलको सम्पूर्ण लत्तकपडा वितरण गरेकी छिन् ।

काठमाडौंको कलँकीस्थित जनपथ माविमा अध्ययनरत गरिव तथा जेहन्दा कक्षा १ देखि १० सम्मका एक एक जना विधार्थीहरुलाई उनले स्कुलकोलागि आबश्यक लत्ताकपडा सहितको सामग्री प्रदान गरेकी हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कलंकी व्युटीपार्लर तथा तालिम केन्द्रका तर्फबाट उनीहरुलाई सो सामग्री प्रदान गरिएको बरिष्ट व्युटिसियन अनिता खड्का रायमाझीले बताईन् ।

सो विधालयमा अध्यनरत विधार्थीहरु धनी शँकर, सविन योगी, मनिषा, सुजन भुजेल, ऋषिका, कुसिया खान, जीबन बयलकोटी, यसकुमार चौधरी, रश्मी आचार्य, सुचित मगरलगायतलाई जनही सर्ट, पाईन्ट, टिसर्ट, ट्रयाक सुट, सेतो जुत्ता, कालो जुत्ता, सेतो मोजा, कालो मोजालगायतका सामग्री बरिष्ट ब्युटिसिनय खड्काले प्रदान गरेकी हुन् ।

यसरी आफुहरुले स्कुलको लत्ता कपडा पाएकोमा विधार्थीहरुले खुसी व्यक्त गरेका छन् । सो विधालयका प्राचार्यले विधार्थीहरुका लागि गरेको सो सहयोगप्रति कार्यक्रममा धन्यबाद ज्ञापन गरे ।

सो विधालयका अभिभावक संघका अध्यक्ष रमेश रायमाझीले कलँकी व्युटिपार्लर तथा तालिम केन्द्रले बिगतका दिनमा समेत यस्तो सामाजिक कार्य गर्दै आएकाले अनिता आफैंले पढेको यो विधालयमा यसपटक विधार्थीलाई कपडा तथा जुत्ता प्रदान गरिएको बताए ।