मिस एण्ड मिस्टर हस्पिटालिटीको उपाधि प्रिया र प्रतिकरत्नलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

काठमाडौं, नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि दरबारमार्ग स्थित होटल अन्नपूर्णमा मिस एण्ड ‘मिस्टर हस्पिटालिटी नेपाल २०१९’ प्रतियोगिता सम्पन्न भएको छ्र ।

प्रतियोगितामा काठमाडौं उपत्यका र बाहिर जिल्लामा होटेल म्यानेजमेन्ट र हस्पिटालिटी पढाई हुने र तालिम दिने बिभिन्न शैक्षीक सस्थामा अध्यनरत महिला एव पुरुष ४९ बिधार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल–२०१९ को उपाधी प्रिया धौवजन र प्रतिकरत्न तुलाधरले जित्न सफल भएका छन् ।

त्यसैगरी प्रतियोगितामा महिला तर्फ फस्ट रनरअप पासाङ ल्हामु शेर्पा र पुरुष तर्फ फस्ट रनरअप फुर्पा शेर्पा घोषित भए । यस्तै सेकेन्ड रनरअप महिला तर्फ अस्मिता सुनुवार र पुरुषतर्फ सञ्जय नेपाल घोषित भए ।

सो प्रतियोगिताको मुख्य निर्णायक सृजना राना, निर्णायकमा शरद प्रधान, भोला बहादुर थापा, सनत न्यौपाने, डा.सन्ध्या चापागाईं, सरु जोशी निर्णायक थिए ।

मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ प्रतियोगिता शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सह आयोजनामा सम्पन्न भएको हो ।

होटेल म्यानेजमेन्ट हस्पिटालिटी क्षेत्रमा कार्यरत संस्थाहरूलाई एक ठाउँमा ल्याउने लगायत यस क्षेत्रमा दक्ष जनशक्तिको निर्माण गर्ने र हस्पिटालिटी क्षेत्रमा बिश्व माझ चिनाउने प्रतियोगिताको छ ।

बिजेताले एक लाख पुरस्कार, होटेल एसोसिएसन नेपाल तथा क्यान्सर केयर नेपालको सद्भभावना दुत युनिभर्शल पीस फेडेरेशनको शान्ति दुत, एभेरेस्ट फ्लिम एकेडमीबाट निःशुल्क कोर्श तथा तथा फ्लाई टेक इन्टरनेशनलबाट निःशुल्क एयर होस्टेस तालिम पाएका छन् ।

प्रस्तुती : जयन सुब्बा मानन्धर