म्युजिक भिडियोमा राते काईला


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

’राते काईला’ को नामले चलचित्रबृत्तमा चिनिएका कलाकार सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । आजकाल उनी चलचित्रमा त्यति व्यस्त नभएकाले पनि म्युजिक भिडियोमा सजिलै काम गरेका हुन् ।

फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिदैछन् । उनले अभिनय गरेकोे सार्वजनिक भिडियोमा थापालाई ’बोस…’ को रुपमा चित्रण गरिएको छ ।

संभवत उनि पहिलो पटक हिपहप गीतमा देखिएका हुन् । ’झ्याम पुतली…’ बोलको यो हिपहप गीत साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुइ समेत भिडियोमा अभिनयरत छन् ।

यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले तयार पारेको हो । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । ’नेपाली हिपहपको सिनारियोमा यो केहि फरक रहेको र यसको भिडियोलाई पनि विना सम्झौता तयार गरिएको बिधानले बताए ।

सुनिल पनि आफ्नो व्यक्तित्व अनुसार नै भिडियोमा प्रस्तुत भएको बताए । ’हिपहप रुचाउने मात्र होइन गीतसंगीत प्रेमीको मन छुने गरि अडियो र आँखालाई शितलता दिने भिडियो तयार पारेका छौ’ बिधानले सुनिए ।