दर्शक तान्दै चलचित्र साईनो


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साईनोले हलमा दर्शकलाई बिस्तारै तान्न थालेको छ । यो चलचित्रले शुक्रबार पहिलो दिनको तुलनामा साइनोले दोस्रो र तेश्रो दिन निकै राम्रो व्यापार गरेको छ ।

साईनाको शुक्रबार विशेष प्रदर्शनी गरिएको थियो । विशेष शोमा चलचित्र साइनो हेर्न पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा समेत साइनोले राम्रो व्यापार गरेको निर्माण पक्षले बताएको छ । पछिल्लो समयमा नेपाली सिनेमा हेर्न दर्शक हलसम्म पुग्न कठिन भइरहेको अवस्थामा साइनो हेर्न राम्रै दर्शक उपस्थित भएपछि साइनोलाई निकै राहत मिलेको निर्माता भुवन चन्दले बताईन् ।

उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोड लगायतका स्थानमा पनि साइनोले राम्रो व्यापार गरेको छ । डिष्ट्रिब्युटर ब्यांकेटसका अनुसार साइनोको व्यापार उत्साहजनक छ ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरबीले लेखेका छन् । अहिले यो चलचित्र देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ ।