टेलिफोन टावरमा आकाश र एलिसाको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘टेलिफोनको टावर…’ को भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल एलिसा राईले मोडलिङ गरेका छन् । यो गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर छ । सँगीतकार दिपक शर्माले यसमा संगीत दिएका हुन् ।

गीतकार अम्बिका गुरुङका गीतले दर्शकको मन छोइरहेका छन् । स्टेज गीतदेखि दर्शकको मनमा छुने गीत लेख्नमा गुरुङ सिपालु छिन् । उनले यो गीतले केटा केटी बीचको रोमान्टिक प्रेम देखाएकी छिन् । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् ।

भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गीतको भिडियोमा अभिनेता आकाशसँग मोडल एलिसा राइको जोडी सुहाएको छ ।