अंकित र साम्राज्ञीको मेरो माया के हो…


ब्युटी न्युज नेपाल
फिल्म, २३ साउन

आगामी दशैंमा रिलिज हुने भनिएको चलचित्र ‘रातो टिका निधारमा’ को पहिलो गीत ‘मेरो माया के हो…’को भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

यो चलचित्रका निर्माता तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्माले यो फिल्मबाट डेब्यु गर्दैछन् । रोमाञ्चकारी गीत मेरो माया के हो…को भिडियोमा अंकित शर्मा र सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय छ । यो गीतको भिडियो सिन्धुली, चतारा, काठमाडौं र झापामा छायाँकन गरिएको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको यो गीतमा साम्राज्ञीलाई सारिमा उतारिएको छ ।

मेरो माया के हो… गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । यो गीतमा कल्याण सिंहको संगीत र रवि मल्लको शब्द रहेको छ । यो चलचित्रमा अंकित र साम्राज्ञीसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, खुस्बु खड्का, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल, कमला गिरीसहितको अभिनय छ ।

चलचित्र रातो टीका निधारमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन, मित्र देव गुरुङको सम्पादन रहेको छ । यो चलचित्रलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् ।