भिडियोमा सोचको तिमीले मलाई साहारा…


ब्युटी न्युज नपाल
काठमाडौं, २२ साउन

नेपाली ‘सोच’ यही २० भदौमा रिलिज हुने भएको छ । एक्शन लभस्टोरी जनराको यो चलचित्रमा समाबेश तिमीले मलाई साहारा… गीतको भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरीले प्रेम भावमा डुवेर अभिनय गरेका छन् ।

शंकर अधिकारी घायलको शब्द, योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत यसमा छ । पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् । फिल्मका अन्य कलाकारमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायत छन् ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गंगा रजक प्रकाश र एस.डी निर्माता छन् । फिल्ममा बिदुर पाण्डेको छायाँकन, कृष्ण आचार्यको पटकथा, सम्वाद, एनबि महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, प्रितम पाण्डेको सम्पादन छ ।

आरआर फिल्मस्ले बितरण गर्ने यो चलचित्रमा भरपुर मनोरञ्जनका लागि समाज उपयोगी सन्देशसमेत रहेको निर्देशक पुजनले दाबी गरेका छन् ।