जाइराको ट्रेलरमा चुम्बनसँगै फाईट


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

चलचित्र जाईराको ट्रेलर बुधबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

आगामी ६ भदौबाट रिलिज हुने चलचित्र ‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ अहिलेसम्मकै बोल्ड र ग्लामर अबतारमा प्रस्तुत भएको ट्रेलरले दर्शाउँछ ।

एक मिनट ३५ सकेन्डको यो ट्रेलरमा पाँच ओटा त किस सिन राखिएको छ । अभिनेत्री नम्रताको तीन ओटा निकै कामुक चुम्बन र अर्की अभिनेत्री सृजना रेग्मीको दुई ओटा कामुक चुम्बनको दृष्य ट्रेलरमा हेर्न पाईयो ।

ट्रेलरमा अभिनेता अनुव बिक्रम शाही र नम्रताबीच अरु सम्बन्ध भन्दा रोमान्सँगै चुम्बन र इन्टिमिसी सिनलाई बढी महत्व दिईएको छ । जाईराको ट्रेलरमा राखिएको नव अभिनेत्री सृजनाको बिकिनी सिन र प्रमेद अग्रहरीसँग उनका चुम्बन दृष्यले पनि यो फिल्म ‘लभ सेक्स र रिभेन्ज’मा आधारित देखिन्छ । ट्रेलरको अर्को ससक्त पाटो भनेको एक्सन हो । जुन प्रभावशाली छ ।

फिल्म जाईरामा किस सिनसँगै बडी एक्पोजमा खुलेकी अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको रुपमा प्रस्तुत भएकी छिन् । ट्रेलर अनुसार सुरुमा एक युवतीको रुपमा प्रस्तुत भएकी यी अभिनेत्री समाजमा आफुमाथि आईपर्ने अन्याय अत्याचार बिरुद्ध ब्वाईज कट हेयर स्टाईल सहित बक्सिङ खेलाडीको रुपमा प्रस्तुत भएकी छिन् । यो खेलबाट उनले आफ्ना दुश्मनलाई हराउँदै उनीहरुसँग अन्त्यमा बदला लिएको जाईराको ट्रेलरबाट पुष्टी हुन्छ । उनले बक्सिङ खेलमा दिन रात नभनी गरेको मेहनत ट्रेलरमा झल्किएको छ ।

द किङ अर्थात राजाको रुपमा प्रस्तुत भएका प्रमोद अग्रहरिको क्यारेक्टर निकै प्रभावशाली छ । बुलेट बनेकी नव अभिनेत्री सृजनाले आफुलाई ससक्त भिलेनमा प्रस्तुत गरेको ट्रेलरले दर्शाएको छ ।

चलचित्र ‘जाइरा’मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । यो फिल्मलाई आसुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।े यो चलचित्रको ट्रेलर रिलिज समारोहमा जाईराका कलाकारहरुले फिल्ममा आफ्नो भूमिका र अनुभवबारे यसरी प्रकाश पारे ।

जाइरामा एक्सन अवतारमा प्रस्तुत भएकी अभिनेत्री नम्रताले आफूले कहिल्यै एक्सन फिल्म गर्नेबारे नसोचेको बताईन् । निर्देशक श्रेष्ठले फिल्मबारे प्रस्ट पारेपछि आफू यो फिल्म गर्न तयार भएको नम्रताले बताईन् ।

यो फिल्मको आलेक निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् । जसमा लोकेश बज्राचार्यको सम्पादन छ ।

अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानर तथा कटामरी फिल्मसको सहकार्यमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।