‘मिसेज नेपाल ग्रान्ड २०१९का बिजेतालाई प्रमाणपत्र प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ साउन

यल मिडियाद्धारा गत साता नाचघरमा आयोजित ‘मिसेज नेपाल ग्रान्ड २०१९’ को विभिन्न उपाधि बिजेताहरुलाई काठमाडौंमा एक समारोहबीच प्रमाणपत्र प्रदान गरिएको छ ।

नारायणी अटो मोवाईल्सका का अध्यक्ष एवं नेपाल अटोमोवाईल डिलर्स एसोसिएसनका सचिब अनुपकुमार बराल सहित विभिन्न अतिथिहरुले मिसेज नेपाल ग्रान्डका बिजेताहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

‘मिसेज नेपाल ग्रान्ड २०१९’ बिजेता सृजना श्रेष्ठ, फस्ट रनर अपको उपाधि बिजेता अञ्जली केसी शाह, सेकेन्ड रनर अप सृजना थापा श्रेष्ठ, थर्ड रनरअप एलिना घिसिङलाई कार्यक्रममा सम्बन्धित उपाधिको प्रमाणपत्र प्रदान गरियो ।

सोही कार्यक्रममा पब्लिक च्वाईस उपाधि बिजेता उषा राना केसी, मोस्ट एक्टिभ उपाधि बिजेता सृजना श्रेष्ठ, बेस्ट हेयर उपाधि बिजेता रविना थापा, बेस्ट भ्युज उपाधि बिजेता इच्छा राई, मस्ट ब्युटिफुल उपाधि बिजेता चेलिन महरा, बेस्ट स्माईल उपाधि बिजेता पूर्णिमा कोईरालालाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।

गृहिणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले सो कार्यक्रममा बताउँदै बिजेताहरु सबैलाई बधाई ज्ञापन गरिन् ।

समारोहमा बिजेताहरुलाई युवा उधमी अनुपकुमार बराल सहित, सञ्चारकर्मी डब्बु क्षत्री, सो कार्यक्रमका कोरियोग्राफर आश्विनीकान्त झा, होटल व्यबसायी बालकृष्ण पोखरेल, इभेन्ट आयोजक निशुकान्त झा, मिडियाकर्मी सूर्य चन्द, कोरियोग्राफर दीपक बज्राचार्यलगायतले बिजेताहरुलाई प्रमाणपत्र प्रदान गरे । बिजेताहरुले केक काटेर खुसी साटेको सो समारोहमा उनीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।