मखमली मखमलीलाई पिजी सर्टिफिकेट


व्युटी न्युज नेपाल
काठमाडौं, २० साउन

चलचित्र मखमली मखमली सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो चलचित्रलाई सेन्सर पास गरेको छ । सेन्सर बोर्डले यो चलचित्रलाई पिजी (प्यारेन्ट गाईडेन्ट) सर्टिफिकेट दिएको छ । अब यो चलचित्र सिनेमा हलमा हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको सहारा लिनु पर्ने हुन्छ ।

यो चलचित्रलाई सावित्रा चिलवालले निर्माण गरेकी हुन् । फिल्मको कथा पनि सावित्रा कै हो । यो चलचित्रलाई आफुले यसपालीको तिहारका अबसर पारेर ८ कात्तिकमा रिलिज गर्न लागेको निर्माता सावित्राले बताईन् । चलचित्र मखमली पछि मखमली मखमली निर्माण गरिएको पनि उनले जानकारी गराईन् । आफ्नो चलचित्र सामाजिक कथामा आधारित रहेको पनि उनले जानकारी गराईन् ।

यो फिल्मको अर्को निर्मातामा इन्द्र गिरी छन् । फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । चलचित्र मखमली मखमलीमा जयकिशन बस्नेत, शुभेच्छा थापा, सारदा गिरी, राजु गिरी, नविन चापागाई सहितको अभिनय रहेको छ ।