मारुनीको ट्रेलर हेरेर साम्राज्ञी भाबुक !


ब्युटी न्युज नेपाल
काठमाडौं, २० साउन

गत साता इन्डोनेशियाको बालीमा आफ्ना प्रेमी देवाङ्सु जबरासँग निकै कामूक फोटो खिचेर चर्चामा आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार मिडियाकर्मीबीच बोल्ड रुपमा प्रस्तुत भईन् ।

यही १३ भदौबाट रिलिज हुने आफ्नो फिल्म मारुनीको ट्रेलर समारोहमा उनी प्रस्तुत भएकी थिईन् । बोल्ड लुक्समा उनी कार्यक्रममा आए पनि अभिनेत्री साम्राज्ञी आफ्नै फिल्मको ट्रेलर हेरेर रोईन । उनको रुवाई बास्तविकता थियो या नाटक सञ्चारकर्मीले छुट्याउन सकेनन् । किनकी ट्रेलर हेरेकै भारमा सिनेकर्मीहरु रुँदैनन् ।

यो फिल्ममा आफुले सोचेको भन्दै निकै ससक्त भूमिका भएको र त्यो भूमिका राम्रोसँग निर्वाह गर्न सकेको बताउँदै उनले कार्यक्रममा आँसु झारिन र फिल्ममा काम गर्दाको अनुभव सुनाईन् ।

ट्रेलर हेरेर रुनेमा नायिका साम्राज्ञी मात्र परिनन् । ट्रेलर हेरर सो कार्यक्रममा अर्की नायिका रेविका गुरुङ पनि रुन पछि परिनन् । गजब प्रसँग के भने यी अभिनेत्रीको ट्रेलरमा निकै कम दृष्य छ । थोरै भए पनि आफ्नो अनुहार ट्रेलरमा अटेको कारण उनी रोएको अनुमान लगाईयो । यस अघि फिल्म लिली बिलीमा छानिएर पछि फालिएकी यी अभिनेत्रीले यो कार्यक्रममा आफ्नो पीडा व्यक्त गरिन् ।

यो फिल्मका नायक पुष्प खड्काले फिल्ममा आफुले राम्रो काम गरेको दाबी गरे । आफुलाई चलचित्र चलचित्र ‘अझै पनि’ भन्ने फिल्ममा सह अभिनेताको रुपमा उतारेकी निर्माता पुनम गौतम क्षत्रीले मारुनीबाट फेरी मुख्य भूमिकामा उतारेको पनि उनले बताए । चलचित्र मँगलम्मा आफुलाई प्रभाबशाली भूमिकामा अभिनय गराएर राष्ट्रिय अवार्ड दिलाउँदा निकै खुसी लागेको बताउँदै तिनै निर्देशक नवल नेपालले फेरी मारुनीमा अझ राम्रो काम गरेको पुष्पले बताए ।

सो कार्यक्रममा फिल्मकी निर्माता पुनम पनि मज्जाले रोईन् । हिन्दी फिल्म साओ र नेपाली फिल्म कबड्की कबड्डी कबड्डी जुध्न आएपछि नेपाली फिल्म मारुनी समुह तनावमा थियो । मारुनीकी निर्माता पुनम गौतम क्षत्री सोही कारण निकै तनावमा थिईन् तर कबड्डी कबड्डी कबड्डी सरेर ३ असोजमा पुगेपछि यी निर्माता अहिले निकै खुसी भएकी छिन् । सोमबार काठमाडौंमा मारुनीको ट्रेलर निर्माण समारोहमा यी निर्माताले खुसीको आँशु रोक्न सकिनन् । अब हिन्दी फिल्म साहोसँग फिल्म मारुनीपछि नहट्ने उनले दाबी गरिन् ।

आफुले चलचित्र मारुनी मौलिक फिल्म बनाएका निर्देशक नवल नेपालले दाबी गरे । यो चलचित्रको ट्रेलरमा अभिनेत्री साम्राज्ञी अभिनेता पुष्पको प्रेममा एकतर्फी भएको र पुष्प अर्की केटी (रेविका)को प्रेममा भएको देखाईएको छ । छायाँकार सञ्जय लामाले फिल्मको दृष्य सुन्दर उतारेका छन् ।