कविता मिस भुटान युएसए २०१९


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

हरेक बर्ष झै यस पटक पनि हिमालयन फेष्टिभल युएसएको आयोजनामा ‘मिस भुटान युएसए २०१९…’ अमेरिकामा सम्पन्न भएको छ । सो प्रतियोगितामा कबिता अहंकारीले मिस भुटान युएसए २०१९को उपाधि जित्न सफल भएकी छिन् ।

त्यस्तै फस्ट रनर अप सुष्मिता सुब्बा र सेकेन्ड रनर अपमा पुजा क्षत्री बिजयी भएकी छन् । मलिना जोशी कोरियोग्राफर एव सुमित सिग्देलले कार्यक्रम संचालन गरेको ‘मिस भुटान यु एस ए २०१९’ को निर्णायक मण्डलमा सुभेक्षा भडेल, सुरज शाह, केंजल मेहर श्रेष्ठ, प्रताप दास रहेका थिए ।

मिस भुटान यु एस ए २०१९ को यो छैटौं संस्करण हो । गत ६ बर्ष देखि सुरु गरिएको यस सौन्दर्य प्रतियोगिताको २०१४ मा पहिलो मिस भुटान को ताज प्रकिति राईले जितेकी थिइन् । त्यसपछि क्रमश, २०१५ मा नुमा लिम्बु २०१६ मा बिमला सिवाकोटी, २०१७ मा आरती घिसिङ तामाङ, २०१८ मा सुचिता प्रधान ‘मिस भुटान युएसए’ को ताज जित्न सफल भैसकेका छन् ।

प्रस्तुती : जयन सुब्बा मानन्धर