ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

जनकपुरमा सम्पन्न मोडलहरुको प्रतियोगितामा अमन शाह र अलिशा रजक ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन् । जसमा ३६ प्रतियोगी थिए ।

जनकपुरको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न प्रतियोगितामा अमन पुरुष तर्फको बिजेता बन्दा अलिशा महिला तर्फको बिजेता बन्न सफल भइन् । बिजेता सबैले नगद रु १ लाख सहित मोडल हन्ट नेपालमा सहभागीको अवसर प्राप्त गरेका छन् ।

कार्यक्रममा नितेश सिंह र अमित शाह पुरुष तर्फ क्रमश फष्ट एण्ड सेकेन्ड रनरअफ, महिला तर्फ त्रिशना थापा फष्ट रनर अप र नेहा शर्मा सेकेन्ड रनर अप घोषित भएका थिए ।

प्रतियोगितामा पुरुष तर्फ राहुल झा मोष्ट ट्यालेन्ट, सन्तोष शाह बेष्ट वाक, राधव जयसवाल मष्ट डिसिप्लेन, सुभाष ठाकुर मष्ट पपुलर, नितेश सिंह पब्लिक च्वाइस्, आषिश ठाकुर सोशल रेस्पोन्सिवल, अमित शाह बेष्ट फिजिक र कर्मसियल मोडल, नितेश सिंह फोटोजेनिक, रिशी आनन्द चौधरी मस्ट स्टाइलिस, जस्टिन देवकोट मिष्टर कन्जिनेटल्ली, बेष्ट पर्शनालिटी सत्रोहन शर्मा घोषित भए ।

महिला तर्फ त्रिशना थापा मोष्ट ट्यालेन्ट, अमिसा फुयाल बेष्ट वाक, प्रियान्सु शाह मष्ट डिसिप्लेन, पब्लिक च्वाइस् र सोशल रेस्पोन्सिवल नुपुर सरकारा मष्ट पपुलर, अलिशा रजक बेष्ट फिजिक र कर्मसियल मोडल, प्रिंन्की यादव फोटोजेनिक र मिस कन्जिनेटल्ली, इशा शाह बेष्ट पर्शनालिटी घोषित भए ।

यो प्रतियोगिताका मोडलमा नेष्ट मोडलस् नेपालका अध्यक्ष रवी धमला, अभिनेत्री मोडल सृजना रेग्मी, ब्युटिसियन रुस्का श्रेष्ठ, उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीलगायत निर्णायक थिए ।