शिब सुबेदीको काली नदी बग्यो सलल…


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

हिन्दु धर्मावलम्बी नेपाली महिलाहरुको मुख्य पर्व तिजलाई लक्षित गरेर अहिले विभिन्न नयाँ तिज भाकाहरु बजारमा आएका छन् । यसै छेकोमा यो वर्षको तिजलाई लक्षित गरेर गीतकार शिब प्रसाद सुवेदीले नयाँ तिजभाका बजारमा ल्याएका छन् ।

नेपाली संगीत क्षेत्रलाई दर्जनौं हिट गीत दिईसकेका शिबले यस पटक तिज भाका ‘काली नदी बग्यो सलल…’ दर्शकमाझ ल्याएका हुन् । शिब प्रसाद सुवेदीको यो गीतमा चर्चित अग्रज गायिका शर्मिला गुरुङ र युवा गायक यज्ञ सापकोटाको स्वररहेको छ । गीतमा सँगीत सृजना पनि शिब आफैंले गरेका छन् ।

गीतको भिडियोमा मदन खड्का र रिना थापाले मोडलिङ गरेका छन् । रिना र मदन पछिल्लो समय चर्चामा रहेका मोडल हुन् । यो गीतको भिडियोलाई शिब दर्शन फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो । बिरेन्द्र भट्टले खिचेको यो म्युजिक भिडियोलाई मदन खड्का आफैंले निर्देशन गरेका हुन् ।

यो गीत नृत्य प्रधान छ । अहिले विभिन्न सञ्चार माध्यममा यो गीत बज्दै आएको छ । अनिल रानाले सम्पादन गरेको भिडियो आकर्षक बनेको छ । गीत पनि कर्णप्रिय छ ।