पोखराबाट मेरो आफ्नो इन्डक्लाप


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

नेपाली चलचित्र ‘मेरो आफ्नो’ को इन्डक्लाप भएको छ । यो चलचित्रको सम्पूर्ण दृष्य खिचेपछि बिहीबार पोखरामा एउटा गीत खिच्दै इन्डक्ल्याप गरिएको हो । मुहुर्त समारोहको क्रममा यो फिल्मलाई बिदेशमा छायाँकन गर्ने भनिए पनि विविध कारणले नैपालमै खिचिएको छ ।

यो चलचित्रमा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्यको प्रमुख भूमिका रहेको छ । ३५ दिन लगाएर छायाँकन पुरा गरिएको यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । श्रीराम बराल प्रस्तुत ‘मेरो आफ्नो’ लाई राजु अधिकारीले निर्देशन गरेका हुन् ।

रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको चलचित्रमा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द, तारा प्रकाश लिम्बु र बिकास चौधरीको संगीत रहेको छ । रामजी लामिछानेको साथमा कमल राई र किरणले फिल्मको गीतमा कोरियोग्राफी गरेका छन् ।

धिरज कुमार श्रेष्ठ, निलु केसी र बसन्त शर्माको संयुक्त लगानी रहेको यस चलचित्रलाई मन्दिल श्रेष्ठले सम्पादन गर्नेछन् । यो चलचित्रलाई लेखक मौनता श्रेष्ठले लेखेका हुन् । लामो समय देखि चलचित्र लेखनमा सक्रिय उनले छिट्टै फिल्मको रिलिज डेट समेत सार्वजनिक गरिने जानकारी दिए ।