ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

यो वर्षको तिजलाइ लक्षित गरेर गायिका कोपिला गौतमले नयाँ तिज गीत ‘आमाले पकाएको दर राम्रो…’को भिडियो बजारमा ल्याएकी छिन् । यो गीतको भिडियो म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी कोपिला गौतमले करिब दर्जनजति गीतमा स्वर दिइसकेकी छन् । यो गीत तिजको अवसरमा नयाँ शैलीमा प्रस्तुत भएको छ । गीत पोखरा फेवाताल, चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत चौतारी ताकेर जस्ता तीज गीतमा स्वर दिइसकेकी गायिका कोपिला गौतमले यसपालीको तिजमा पनि ‘आमाले पकाएको दर राम्रो’ ल्याएकी हुन् ।

‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो…’ गीतमा तिजको मौलिकतासँगै गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ ।

लोकराज अधिकारीको शब्द रहेको ‘आमाले पकाएको दर राम्रो’ मा कोपिला गौतमको स्वर रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो ।

यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने गीतमा कोपिला गौतम आफैं देखिएकी छन् भने चाहना राना मगरको अभिनय रहेको छ ।