मुरारीको नयाँ गजल पानी भर्ने…


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

युवा गायक तथा संगीतकार मुरारी गुरागाईले आफ्नै संगीतमा नयाँ गजल ‘पानी भर्ने…’ श्रोता दर्शकमाझ ल्याएका छन् । यो गजलमा अन्जु पन्तको माधुर्य स्वर छ ।

मुरारीले अफ्नै आधिकारीक युटुब च्यानलमार्फत बुधबार यो गजलको भिडियो सार्वजनिक गरेका छन् । गजलकार शिशिर भट्टराईले ग्रामीण बिम्बहरुलाई सरल ढंगले गजल शब्दमा उतारेका छन् ।

गम्भीर विष्टले निर्देशन गरेको यो भिडियोमा गम्भीर र जेबिका कार्कीले अभिनय गरेका छन् । प्रकाश मिश्रको रेकर्डिङ तथा मिक्सिङ, फडिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

https://www.youtube.com/watch?v=rrUaCHG-Y3s&feature=youtu.be&fbclid=IwAR3Etv6R_8RfxMQwk1EJ8z2FXh2IrC5dNdcvTD0EUTgx5s_5dVNBLHPGgw8